Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीहरूलाई सटही सुविधामा वृद्धि गरेको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेको हो ।
अब विदेश भ्रमणमा जाने नेपालीहरूले तीन हजार अमेरिकी डलर सटही सुविधा पाउने भएका छन् । यसअघि यस्तो सुविधा दुई हजार पाँच सय अमेरिकी डलरसम्म रहेको थियो ।
गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै भने, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रति पटक अमेरिकी डलर २५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिनेछ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij