
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।
गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफूहरूले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समयमा आफुमाथि सामाजिक सञ्जालबाट हिँसा गर्नेहरूको नाम सार्वजनिक गर्दै आएका गायिकाद्वोय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन् ।
गायिक चौहानले भेटपछि सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ । तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर, सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न । त्यो स्वाभाविक हो । तर, जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन ।’
यस्तो गर्नेहरू आफ्ना फ्यान नभएको उनको भनाइ छ। ‘जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् । मेरो मन दुखाउन चाहने मात्र हुन् । त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानुनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।’
यस विषयमा आवश्यक सहयोग प्रदान गरेको भन्दै उनले गृहमन्त्री लेखकलाई धन्यवाद दिएकी छन् । गृहमन्त्रीको साथ र सद्भावनाले आफूलाई अझ अघि बढ्ने हिम्मत दिएको उनको भनाइ छ ।
हिजो मात्रै नेपाल प्रहरीको साइबर ब्यूरो पुगेर चा जनाविरुद्ध उजुरी दिएको उनले बताएकी छन् । उनले उनीहरूलाई कारबाही गर्न मागसमेत गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij