Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

न्युजिल्यान्डमा नेपथ्य गुन्जने

न्युजिल्यान्डमा नेपथ्य गुन्जने

  • काठमाडौं । लोक रक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा सांगीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानाडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    ब्यान्डले यसपटक प्रस्तुतिका लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको व्यस्त सहर अकल्यान्ड छनोट गरेको छ । त्यहाँस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’मा मे १०, आइतबार साँझ नेपाली लोकरक घन्किनेछ ।

    AGNI GROUP

    नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । त्यति बेला नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । त्यो वर्ष नेपथ्यको प्रस्तुतिसँगै उक्त मुलुकमा नेपाली कलाकर्मीको आवतजावतको ढोका खुलेको जानकारी तत्कालीन आयोजक टोलीका राज महर्जनले दिएका थिए । नौ वर्षको अन्तरालमा ब्यान्डको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हो ।

    स्थानीय आयोजक टोलीका रोजन भट्टराईका अनुसार अकल्यान्डको शोका निम्ति उल्लेख्य मात्रामा दर्शक सहभागिता जुट्न सुरु भइसकेको छ । ‘टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कार्यक्रमको मिति नजिकिँदै गर्दा शोप्रति चासो राख्नेहरू जताततै देखिन थालिसकेका छन् ।’

    आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै भव्य रूपले नेपथ्यलाई न्युजिल्यान्डमा स्वागत गर्न आफूहरू तत्पर रहेको भट्टराईले बताए । पछिल्लो समय विशेषतः अध्ययनका निम्ति यो मुलुक नेपालीको आकर्षक गन्तव्य बन्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij