
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नयाँ बजेट प्रस्तुत भएको भोलिबाटै घट्न सुरु भएको सेयर बजार परिसूचक कारोबारको अन्तिम दिन १९ दशमलव ८९ अंकले घटेर २०६९ दशमलव ५३ को विन्दुमा पुगेको छ ।
आज ३११ कम्पनीका ६१ हजार ०७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार ४ सय ४२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आ क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९० अंकले घटेर ३७० दशमलव १९ को विन्दुमा पुगेको छ । बिहीबार १३ उपसमूहमध्ये १० वटा घटेर राताम्मे भएका छन् भने ३ वटा बढेका छन् । जसमा सबैभन्दा धेरै होटेल एन्ड टुरिजम १३९ दशमलव १३ अंकले घटेको छ ।
जीवन बीमा ११५ दशमलव ५८ अंकले घटेको छ भने निर्जीवन बीमा ११४ दशमलव ९३ अंकले घटेको छ । त्यस्तै, आज निर्माण कम्पनी ८२ दशमलव ५८ अंकले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij