Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

  • काठमाडौँ । झापा र रुपन्देहीमा करेन्ट लागेर एक / एक जनाको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    झापाको बिर्तामोड नगरपालिका-१० पथरभिट्टा बस्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर आइतबार राति मृत्यु भएको  हो ।

    AGNI GROUP

    सोही ठाउँस्थित आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका-६ लोधपुरवा बस्ने २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । 

    आफ्नै घरमा रहेको टेबल पंखामा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij