Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच समझदारी

सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच समझदारी

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुरस्थित अनमोल डेन्टल हबबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरूलाई अनमोल डेन्टलका सेवाहरूमा छुट हुनेछ ।

    images
    images
    images

    समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सो डेन्टल हबका सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij