
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली राष्ट्रिय टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० अलराउण्डर तर्फको वरियतामा शीर्ष १० मा स्थान बनाएका छन् ।
आईसीसीको पछिल्लो वरियताअनुसार ऐरी एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका छन् । उनी शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् ।
अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३औं र गुल्शन झा ६१औं स्थानमा यथावत् छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij