
Apr 19 2025 | २०८२, वैशाख ६ गते
फूल र पुतली
तिमी रङ्गीन फूल बन्यौ
म पुतली बनी डुलेँ
तिम्ले मिठो बास्ना छर्यौ
म त तिम्लाई खोज्दै भुलेँ ।।
तिमी फुल्यौ बगैँचामा
म त डुल्दै त्यहीँ पुगेँ
लठ्ठ परी हेरेँ तिमीलाई
तिम्रो मीठो बासना सुँघेँ।।
चुम्न खोजेँ लजाएरै
मुस्कुरायौ तिमी फेरि
रमाउन थालेछु म
तिमीसँग दिनैभरि ।।
तिम्रो मेरो पिरतिमा
खै कसको आँखा लाग्यो
फक्रिदैमा तिमीलाई
कुन पापीले चुँडिलग्यो ।।
ओइलिगयो बोट तिम्रो
उजाडियो बगैँचा यो
तिम्रो मेरो प्रेमकथा
अपुरो र बाँकी रह्यो ।।
-नरिश्वर गौतम
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij