
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । इजरयाली आक्रमणमा नवनियुक्त इरानी चिफ अफ स्टाफ मारिएको इजरायली सेनाले दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानी सर्वोच्च नेता अयतुल्लाह अली खामेनीका निकट मानिएका सैन्य कमान्डर अली शादमानी मारिएका छन् ।
कतारी सञ्चार माध्यम अल जजिराले शुक्रबारको इजरायली आक्रणमा कमान्डर घोलाम अली रशिद मारिएपछि उनको स्थानमा अली नियुक्त गरिएको बताएको छ । तर, अली मारिएको विषयमा इरानले केही बताएको छैन ।
युद्धकै क्रममा इरानले दोस्रोपटक सैन्य प्रमुख गुमाएको हो । इजरायली आक्रमणका उच्च सैन्य कमान्डर र परमाणु वैज्ञानिकसहित करिब ३ सय जना मारिएका छन् । तीमध्ये महिला र बालबालिका पनि रहेको इरानले बताएको छ ।
उता इजरायलमा इरानी आक्रमणमा मारिनेको संख्या २४ पुगेको छ ।
युद्धको पाँचौँ दिन पनि दुवैतर्फबाट व्यापक आक्रमण भइरहेको छ । इरानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण जारी छ । उता इजरायलका तेल अभिभ, जेरुसेलमलगायतका शहरहरूमा इरानी मिसाइलले हिट गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij