Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

भारतमा औषधि उद्योगमा विस्फोट, मृत्यु हुनेको संख्या ३४ पुग्यो

भारतमा औषधि उद्योगमा विस्फोट, मृत्यु हुनेको संख्या ३४ पुग्यो

  • काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

    images
    images
    images

    घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।

    images

    तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । विष्फोटबाट उद्योगको भवन भत्किएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलमा आगो लागेको देखिन्छ ।

    यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।

    images
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij