Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

  • काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ आइटी सुत्र इन्कको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

    images
    images
    images

    संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको र ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आईटी कन्सल्टिङ कम्पनीले किरणलाई ३ वर्षका लागि सोमबार आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

    images

    सम्झौता ३० लाख रुपैयाँ बराबरको रहेको उल्लेख गर्दै आइटी सुत्रले यो समझौताले प्रविधि र खेलकुद दुई क्षेत्रलाई जोडेको बताइएको छ ।

    कम्पनीको मुख्य उद्देश्य नेपाली प्राविधिक क्षमतालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु रहेकोले किरणको प्रतिबद्धता, अनुशासन र अन्तर्राष्ट्रिय छविले कम्पनीको मिसनलाई थप बल पु¥याउने विश्वास लिएको बताइएको छ ।

    कम्पनीका सिइओ पंकज श्रेष्ठले सहकार्यबारे भने, ‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन् । उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ । यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो ।’

    images

    सिइओ श्रेष्ठले यो साझेदारीले आइटी सुत्रका आगामी ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक पहलमा किरणको सक्रिय भूमिका निश्चित गर्ने बताए ।

    आइटी सुत्र अमेरिकाको  टेक्सासमा मुख्यालय रहेको एक आइटी परामर्श र स्टाफिङ कम्पनी हो । कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीहरूमा १२ सय भन्दा बढी नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको बताइएको छ ।

    किरण अहिले अमेरिका भ्रमणमा छन् । डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्दै आएका किरण राष्ट्रिय टोलीबाट १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडीको हुन् ।

    उनले भारत र माल्दिभ्सबाट व्यवसायिक फुटबल खेलेका छन् । घरेलु फुटबलमा थ्री स्टार क्लब, मच्छिन्द्र क्लब तथा नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीबाट प्रतिनिधित्व गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij