Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

मौसम

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेश लगयात गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू साथै मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

    images

    त्यस्तै आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij