Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सहकारीका अध्यक्षले आफ्नै व्यवस्थापकलाई फसाउन स्कुटरमा हतियार राखे

सहकारीका अध्यक्षले आफ्नै व्यवस्थापकलाई फसाउन स्कुटरमा हतियार राखे

  • ललितपुर । ललितपुर सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ आफ्नै म्यानेजरको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेका छन्। सुरुमा सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठ पक्राउ परे पनि अनुसन्धानका क्रममा उनलाई आफ्नै अध्यक्षले फसाएको खुलेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    महालक्ष्मी नगरपालिका ८ लुभुका सहकारीका म्यानेजर ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ गत असार १३ गते पक्राउ परेका थिए। श्यामकृष्ण चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरमा २ राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो।

    AGNI GROUP

    उनलाई फसाउन सहकारीका अध्यक्ष अनिल श्रेष्ठ र पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठले पेस्तोल राखेको खुलेसँगै उनीहरु पक्राउ परेका छन्। श्यामकृष्ण भने निर्दोष रहेको पाइएपछि छाडिएको ललितपुर प्रहरीले जनाएको छ।

    असार १३ गते  श्यामकृष्ण मालपोत कार्यालय जान क्रममा अनिलले परिसरका प्रहरीलाई फोन गरी श्यामकृष्णको स्कुटरमा हतियार छ भनेर सूचना दिएको अनुसन्धानबाट देखिएको छ। बहुविवाहको मुद्दाका कारण उनीहरुबीच दुस्मनी सुरु भएको पाइएको छ। 

    यसमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij