
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ब्याजदर बढाउन माग गर्दै सहकारीकर्मीले सिडियोलाई ज्ञापनपत्र बुझाएका छन् । ब्याजदर बढाउन नसक्दा लामो समयदेखि सहकारीमा तरलताको अभाव भएकाले आफूहरु मारमा परेको बताउँदै उनीहरुले समयमै सन्दर्भ ब्याजदर बढाउने विषयमा पहल गर्न सिडियो समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुर पुग्ने टोलीमा जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, जिल्ला बचत संघका रामहरि बजगाईँ, श्याम महर्जन र अनिलवीर बज्राचार्य संलग्न थिए ।
सहकारी ऐन २०७५ को परिच्छेद ७ को दफा ५१ र नियमावली २०७५ को दफा २३ मा सन्दर्भ ब्याजदर सम्बन्धि भएको व्यवस्था अव्यवहारिक र अवैज्ञानिक भएको र त्यसलाई खारेज गरिनुपर्ने, खुल्ला बजारले ब्याजदर निर्धारण गर्ने बिधि अनुरुप बढिमा ६ प्रतिशत स्प्रेडदर कायम गरी ब्याजदरलाई स्वचालित परिवर्तित (बढ्दा बढ्ने घट्दा घट्ने) बिधिको व्यवस्था मिलाउनुपर्ने लगायतका तीब बुँदे माग राखेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij