
Apr 02 2025 | २०८१, चैत २० गते
ललितपुर । सुनाकोठीमा बालकुमारी मातालाई स्वागतसहित गुठीबाट क्षमा पुजा गरिएको छ । गत माघ ९ गते हराएको बालकुमारी माता हात्तीवनको क्लासिक टावरको पछाडि करुणा मन्दिरको परिसरमा बेवारिसे अवस्थामा पेला परेको थियो ।
चोरिएको मूर्ति खोज्न प्रहरी र स्थानीयको दलबल सक्रिय भईरहँदा स्थानिय सावित्री लामिछानेले मूर्ति देखेको थियो । बालकुमारी गुठीले बालकुमारी माताको सुराकी दिनेलाई रु पाँच लाख दिने घोषणा गरेको थियो ।
बालकुमारी गुठीका जनकराज महर्जनले घोषणा बमोजिम मूर्ति फेला पार्नेलाई पाँच लाख उपलब्ध गराइयो । पुरस्कार स्वरुप प्राप्त गरेको पाँच लाखमा सावित्रा पाण्डेलाई चार लाख करुणा मन्दिर र एक लाख एक हजार सावीत्रीले बालकुमारी मन्दिरकै लागि उपलब्ध गराएकी छन् ।
ललितपुर महानगर वडा २७ का वडाध्यक्ष बाबुराजा महर्जनले सबैप्रति आभार प्रकट गर्नुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मेयर भएर सबैभन्दा दुःख बालकुमारी मूर्ति हराउँदा र सबैभन्दा खुसी मूर्ति भेटाउँदा भएको सार्वजनिक गर्दै भने, ‘नेपाल प्रहरी एसियाकै अब्बल रहेको छ ।’
गृहमन्त्री बालकृष्ण खाँडले ‘बालकुमारीको संरक्षणको लागि सावित्री लामिछाने रु १ लाख १ हजार उपलब्ध गराएको मनकारी मनबाट सबैले राम्रो पाठ सिक्नुपर्ने बताए ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij