Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अन्तरिम आदेश

बहुउद्देश्यीय संघको साधारण सभा रोक्न अन्तरिम आदेश

  • ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

     संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा  नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

    AGNI GROUP

    आदेशमा साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट  रोक लगाउने लगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा  उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै  विवादित भएको अवस्थामा  सो साधारणसभा गर्नु उचित नदेखिएको उल्लेख छ । 

    सो आदेशमा भनिएको छ–कोभिड संक्रमण तिब्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ। 

    संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो । उपाध्यक्षसहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृतबिना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij