Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

बेलायतका सबै वयस्कलाई बुस्टर डोज दिइने

  • लन्डन । बेलायतमा सम्पूर्ण  वयस्कलाइ कोभिडविरुद्धको खोप दिइने भएको छ । ओमिक्रोन ‌भेरियन्टको त्रास बढिरहेका बेला सबै वयस्कलाइ बुस्टर डोज दिन लागिएको हो । खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो । ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने ।

    images
    images
    images

    बेलायतमा शंकास्पद ७५ जनाको ओमिक्रोन परीक्षण भइरहेको छ । नयाँ भेरियन्टको भाइरस देखिएपछि बेलायतले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाइसकेको छ । नयाँ भेरियन्ट देखिएसँगै फेस मास्क अनिवार्य गरिएको छ भने शंकास्पद व्यक्तिलाई आइसोलेसनमा बस्न अनुरोध गरिएको छ । 

    बेलायतमा अहिलेसम्म १ करोड ८० लाखले बुस्टर डोज लगाइसकेका छन् । अब १८ देखि ३९ वर्ष उमेर समूहका १ करोड २८ लाखलाई बुस्टर डोज दिइनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij