
Apr 17 2025 | २०८२, वैशाख ४ गते
सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.४४ अंकले घटेको छ ।
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.४४ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६६.६१ अंकमा ओर्लेको छ । सो दिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २३ कम्पनीको घट्यो ।
५३ हजार ४ सय ९२ पटकको कारोबारमा १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij