
Apr 02 2025 | २०८१, चैत २० गते
'प्रहरीलाई चोट पुर्याएको म क्षमा चाहन्छु ।'
काठमाडौं । शुक्रबार राजवादीको आन्दोलन हिंसात्मक बनेपछि फरार रहेका दुर्गा प्रसाईँले भिडियो सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका छन् । शुक्रबारदेखि फरार रहेका उनले आइतबार दिउँसो भिडियो सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका हुन् ।
आफु असुरक्षित भएपछि प्रहरीको घेरा तोडेर अघि बढेको उनले बताएका छन् । ‘स्टेजमा मेरो कानको छेउबाट गोली गयो । मलाई मार्ने रहेछन् भनेर आफैँले ड्राइभ गरेर प्रहरीको घेरा तोडेर अघि बढेँ । प्रहरीलाई चोट पुर्याएको म क्षमा चाहन्छु । म सुरक्षित हुनका लागि प्रहरीको घेरा तोडेको हुँ । प्रहरीलाई चोट पुर्याउने उद्देश्यले होइन,’ उनले भनेका छन् ।
आफ्नो कार्यक्रममा युवा संघका कार्यकर्ता र सादा पोसाकका प्रहरीले घुसपैठ गर्दा अप्रिय घटना घटेको उनले बताएका छन् । राज्य आफुलाई मार्ने षड्यन्त्र गरेको आरोप उनले लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij