
Apr 08 2025 | २०८१, चैत २६ गते
बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ ।
काठमाडौं । जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ । बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार ६ मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३ जनाको जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो ।
पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो । तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij