Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

ठाउँठाउँबाट दुई प्रहरीलाई निलम्बन गर्न सिडिओको आदेश

ठाउँठाउँबाट दुई प्रहरीलाई निलम्बन गर्न सिडिओको आदेश

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा

  • काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक / एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् ।

    सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ (सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका हुन् । अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप छ । घटना स्थालबाट फोन गर्दै प्रजिअ अधिकारीले निलम्बन गर्ने दिएको आदेशको भिडियो सार्वजनिक भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij