Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग

  • काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका छन् । विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

    images
    images
    images

    नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको भन्दै उक्त घटनाको छानविन गरी कडा कारबाही गर्न माग गरेका छन्। देउवाले लेखेका छन्- 'यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछ,'  । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij