Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य अवस्था ?

कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य अवस्था ?

  • काठमाडौं । कोरोनाभाइरसको संक्रमण भई थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीवारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । मंगलबार अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको जनाएको छ ।

    images
    images
    images

    नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij