Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्र्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको आधारमा ५० प्रतिशत जोखिम भत्ता दिने बताए ।

    images
    images
    images

    त्यस्तै,श्वास्थ्यकर्मीका परिवारको समेत कोरोना बीमा र उपचारको गरिने व्यवस्था समेत गरिएको बताए । यस्तै, स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने पनि ओलीले बताएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अक्सिजन र औषधीको कालोबजारी गर्नेहरुलाई कारवाही गरिने समेत बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij