
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।सोमवार बिहान आएको रिपोर्टमा प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता शर्माले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र सोमवार बिहान पोजेटिभ रिपोर्ट आएको बताएका छन् । उनले लेखेका छन्- ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l’
त्यस्तै हाल होम आइसोलेसनमा बसेको र चिकित्सकको सल्लाहमा औषधी सेवन गरिरहेको बताए । लक्षणले च्यापेपनि आफ्नो मनोबल उच्च भएको उनले जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij