Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली पारित

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली पारित

  • वाग्मती । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गर्नुका साथै विभिन्न निर्णय गरेको छ । सभाको हिजो बसेको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ ।  

    images
    images
    images

    आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभयो ।
     
    रजिष्ट्रार प्रसाईका अनुसार प्रतिष्ठानको बिहीबार सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ । चालु आर्थिक वर्षबाट तीनवटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति भई कार्य गर्ने प्राध्यापकको तलब स्केल पनि निर्धारण गरेको छ । सभाले जनशक्ति तथा व्यवस्थापनसम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको उहाँले भन्नुभयो । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij