Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

  • काठमाडौं । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो बर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन । कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरु यतिबेला सुनसान छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधी ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन । जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ ।

    images
    images
    images

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरु काठामाडौ केन्द्रित आन्दोलनमा गए पछि विद्यालयका शैक्षिक गतिविधी ठप्प भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । 

    सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुपयो, होइन भने विद्यालयका गतिविधि अनिश्चित काल सम्म रोकिनेछन् ।

    अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ ।

    सुर्खेतको बराहताल गाउँपालिका–८ को भट्टेघारीमा रहेको भैरव आधारभूत विद्यालयमा पनि भर्ना अभियान सुरु भएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर हमालका अनुसार आन्दोलनका कारण शिक्षकहरू विद्यालयमा नआएपछि भर्ना अभियान प्रभावित बनेको छ ।

    बराहताल गाउँपालिका–४ स्थित भेरी माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना अभियान सञ्चालन नहुने बताएको छ । कर्णालीमा दुई हजार ९८३ सामुदायिक विद्यालय छन्, जहाँ ११ हजार ८६५ शिक्षकको दरबन्दी छ। पाठ्यपुस्तक, शिक्षक र भौतिक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा आन्दोलनले थप समस्या निम्त्याएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij