
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले जापानी येन १० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा कायम गरेको छ ।
केन्द्रीय बैंकले युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५३ पैसा र बिक्रीदर १७ रूपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७९ पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij