Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

तालिम केन्द्र छेउमा मृत भेटिए प्रहरी जवान

तालिम केन्द्र छेउमा मृत भेटिए प्रहरी जवान

  • काठमाडौं । प्रहरी तालिम केन्द्र बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुटवल राजमार्ग चौराहास्थित तालिम केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका-३ घर भएका २४ वर्षीय श्याम चौधरी गएराति रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    AGNI GROUP

    शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको कार्कीले बताए । मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको छ ।

    चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij