Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

प्रतिनिधि सभा विघटनसँगै ३० विधेयक निष्क्रिय

प्रतिनिधि सभा विघटनसँगै ३० विधेयक निष्क्रिय

  • काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि संघीय संसदमा विचाराधीन ३० वटा विधेयक निष्क्रिय भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    संविधानअनुसार, प्रतिनिधि सभा विघटन भएपछि त्यहाँ प्रस्तुत भई विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका विधेयकलाई अघि बढाउन सकिँदैन । त्यसैले ति विधेयकहरु स्वत: निष्क्रिय भएका हुन् ।

    AGNI GROUP

    तर, राष्ट्रिय सभामा उत्पत्ति भई त्यहीँ विचाराधीन रहेका विधेयक भने निष्क्रिय हुँदैनन् । हाल राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक गरि पाँच वटा विधेयक अहिले विधायन समितिमा रहेका छन् ।

    राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका सात विधेयक पनि यसपटक निष्क्रिय भएका छन् । संविधानको धारा १११ को उपधारा १०मा प्रतिनिधि सभा विघटन भएपछि विचाराधीन रहेका विधेयक निष्क्रिय हुने व्यबस्था गरिएको छ ।

    यसरी, प्रतिनिधि सभा विघटनसँगै मुलुकमा महत्त्वपूर्ण विधेयकहरूको प्रक्रिया रोकिएको छ र अब नयाँ प्रतिनिधि सभा गठन भएपछि मात्र ती पुन: संसदमा ल्याउन सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij