Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौँ । सागर ढकालले जेनजी आन्दोलन कुनै सम्झौता पत्रमा हस्ताक्षर नै नगरी सरकार गठन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
ढकालले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफुले सबैभन्दा पहिला प्रस्ताव गरेको बताउदैत्यसपछि आफुले कसैलाई मन्त्री बनाउन प्रस्ताव नगरेको स्पष्ट गरेका हुन् ।
उनले आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन हुनुपर्नेमा त्यसो नभएको भन्दै गुनासो गरेका छन् । उनले भनेका छन्- 'आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन हुनुपर्ने थियो , त्यो बाँकि नै छ । म आफुले यो आन्दोलनको नेतृत्व नगरेपनि नेतृत्व गर्ने साथिहरुलाई सम्झौता पत्रमा हस्ताक्षर नगरि नफर्कन र चाहेको खण्डमा राष्ट्रपतिलाई सेर बहादुरलाई जस्तै घेराउ गर्न पनि तयार भएको कुरा अनुरोध गरेको थिए, त्यो चाहि सोचे अनुसार भएन। सम्झौता नगरि नै सरकार बन्यो। कानुनको मुख देखाएर दसकौ देखिको उहि समस्या नदेखाउनु होला है शुसिला श्रीमान ।'
उनले कार्कीलाई जेनजीका युवाले कानुन कै विज्ञ भएकोले धेरै आशा गरेका छन् र हस्ताक्षर नै नगरी आन्दोलन रोकेको बताएका छन् । साथै सागरले सायद हस्ताक्षर र सहमति नगरी आन्दोलन रोकिने यो विश्वमा विरलै भएको उल्लेख गर्दै राष्ट्रपति अपदस्त भएको हुनुपर्नेमा त्यसो पनि नभएको बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij