Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेकाछन् । स्थानीय सुनिल केसीका अनुसार स्थानीहरु सबै मिलेर सरसफाई गर्नका साथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनःकार्य सुचारु गरिएको हो ।
उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग¥यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडा जस्ता आधारभूत कुराहरुको व्यवस्था ग¥यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँग प्रहरी छ है ,जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टा उहाँहरु खट्नुहुन्छ ,हामी पनि तपाईहरुलाई परेको अप्ठ्यारोमा साथ दिन्छौं है भन्ने सन्देश दिन खोजेको हौं ।’
स्थानीयहरुको यो कदमले प्रहरीहरुको मनोबल उठाउने उनले विश्वास गरे । त्यस्तै प्रहरी वरिष्ठ नायवनिरिक्षक चन्द्र कुँवर श्रेष्ठले नागरिक समाज नै आफूहरुको साथमा भएपछि ढुक्कले काम गर्न सकिने वातावरण निर्माण भएको बताए ।
‘अब हामीलाई पनि डर छैन् । यत्रो नागरिक समाज हाम्रो साथमा हुनुन्छ भन्ने महशुस भएको छ ।’ उनले प्रभागमा बस्न सक्ने अवस्थान भएपछि पछाडिको पर्खालबाट भागेर आफूले ज्यान बचाएको स्मण गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij