Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

'सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ' - मुख्यसचिव अर्याल

'सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ' - मुख्यसचिव अर्याल

  • काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने जानकारी दिदै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट गरेका हुन् । 

    AGNI GROUP

    अर्यालले अहिले अत्यावश्यक सेवाहरू सञ्चालन हुन थालेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउदै त्यसका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिइसकेको बताए । 

    मुख्यसचिव अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको बताउदै प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको र यो नेपालकै दुर्भाग्य भएको बताए । उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij