Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरू निस्कन पाउनु पर्ने माग गर्दै आगजनी र तोडफोडमा उत्रिएका छन् । जसले जेलको स्थिति तनावग्रस्त भएको छ । कैदीले जेलको भित्री गेटमा आगो लगाएको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले जानकारी दिएका छन ।
´कारागारको भित्री गेटमा आगो लगाइएको छ । हामी कैदीलाई नियन्त्रणमा लिने प्रयासमा छौँ`, उनले भने ।
कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । आगजनी पश्चात कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । अहिले जेल नेपाली सेनाको घेरामा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij