Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

विषम परिस्थितिमा धैर्य अपनाउन वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

विषम परिस्थितिमा धैर्य अपनाउन वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह

  • काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता, कार्यकर्ता र समर्थकलाई विषम परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य–मान्यता, सामाजिक न्याय र विधिको शासनप्रति अविचलित रहन सबैलाई आह्वान गरेका छन् ।

    AGNI GROUP

    ‘जस्तोसुकै कठिन परिस्थिति आए पनि रुपान्तरणकारी आन्दोलनका पक्षमा दृढ रहन नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनतालाई हार्दिक अनुरोध गर्दछु,’पोखरेलले लेखेका छन् ।

    उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, जनधनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडप्रति निन्दा व्यक्त गरेका छन् । साथै, सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij