
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । प्रदर्शनकारीहरुले गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा तोडफोड गरेका छन् । बिहानैबाट प्रदर्शनकारीहरु सरकारको विरोधमा निस्किएका छन् । विरोधमा निस्किएका प्रदर्शनकारीहरुले लेखकको घरमा तोडफोड गरेका हुन् ।
जेनजीको आन्दोलनमा सरकार निरंकुश बनेपछि १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।
आज सरकारले कर्फ्यू जारी गरे पनि त्यसको असर काठमाडौंमा देखिएको छैन ।
त्यसो त प्रदर्शनकारीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरुको घरमा आगजनी गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij