
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् ।
बालेनले भनेका छन्- 'यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,' बालेनले लेखेका छन्,'सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!'सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गरेपनि शिर्ष नेताहरुले आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट लगातार पोष्ट गरिरहेपछि आम मानिसमा आक्रोश उत्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij