
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौं । राप्रपाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बारे प्रधानमन्त्री केपी ओलीको जवाफ मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धवल शमशेर राणाले जीएसआईबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘यो हाम्रो देशको नीति विपरीत छ। यसमा समर्थन गरेको भए नेपाललाई घातक हुनसक्छ । यसबारे प्रधानमन्त्रीले सदनको अगाडि आएर प्रस्ट भन्नुपर्यो । किनकि हामी परराष्ट्र नीतिबाट अलग हुन लाग्यौँ भने सदनलाई जानकारी हुनुपर्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij