
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको उमेदवार सांसद रामहरि खतिवडालाई बनाउने भएको छ ।
प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई उमेदवार बनाइने बताए । राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
शुक्रबार निर्वाचनको मिति तोकिएको सभापतिका लागि आज दिउँसो २ देखि ४ बजेसम्म उमेदवारी मनोनयनको कार्यसूची छ ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए ।
राज्यव्यवस्थामा यसअघि सुनुवाइ समिति सभापति न्यौपाने सभापति बनिसकेकी छन् । न्यौपानेको रिक्त स्थानमा खतिवडालाई सभापति बनाउन लागिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij