Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा.लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।

    images
    images
    images

    प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी दिएका छन् । रास्वपाले आइतबार सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको बारेमा अनेकौं विषय बाहिर आएका छन् ।

    images

    थापाको उम्मेदवारी घोषणा हुनासाथ अहिले मिडिया र सामाजिक सञ्जालमा दुई विवाह गरेको, पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो खिचेको जस्ता विषयले उनी विवादमा परेका छन् ।

    त्यस्तै रास्वपाको प्राइमरी निर्वाचनमा समेत अनियमितता भएको आशंका व्यक्त गरिएको थियो । केबल करिब ५६ प्रतिशत मतदान भएको प्राइमरी निर्वाचन बारे रास्वपाले पारदर्शी रुपमा जानकारी गराएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij