Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार नै नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेकी सुआनले परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेकी हुन् ।भेटमा दुई पक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी आफ्नो भ्रमण पुरा गरि भदौ ९ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij