Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

  • काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले भेटवार्ता गरेकी छन् ।

    images
    images
    images

    शनिबार नै नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेकी सुआनले परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेकी हुन् ।भेटमा दुई पक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    उनी आफ्नो भ्रमण पुरा गरि भदौ ९ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij