Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

विद्या भण्डारीप्रति ओलीको टिप्पणी: कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुदैन

विद्या भण्डारीप्रति ओलीको टिप्पणी: कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुदैन

  • काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति टिप्पणी गर्दै कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम नहुने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार च्यासल स्थित पार्टी कार्यालयमा आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर भण्डारीले पार्टी एकतामा असहयोग गर्ने आफुहरुले नसोचेको भन्दै उनले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेको बताए ।

    AGNI GROUP

    उनले हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम नहुने स्पष्ट गरेका छन् ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने- 'अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ ।

    खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।

    'कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साहसहित आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij