
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज दिउसो २ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा वर्षात्को कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग र रसुवागढी लगायत अन्य सडकको अवस्था सम्बन्धमा र चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्था बारे छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij