Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

बैठक

संघीय संसदका चार समितिको बैठक बस्दै

संघीय संसदका चार समितिको बैठक बस्दै

  • काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

    images

    आज बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै आज बिहान साढे ८ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्सको वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

    त्यसैगरी आज बिहान साढे ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    images

    त्यस्तै विहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij