
Jun 29 2025 | २०८२, असार १५ गते
काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गरियोस् भनेर संसद्मा प्रस्ताव राखेका थिए । अधिकांश सांसदले विधेयकको पक्षमा हात उठाएपछि सभामुख देवराज घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
विधेयकको विपक्षमा सांसद प्रेम सुवाल मात्र उठेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij