Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

समितिको बैठक

सुनचाँदी व्यवसायीको समस्याबारे समितिमा छलफल

सुनचाँदी व्यवसायीको समस्याबारे समितिमा छलफल

  • काठमाडौं । अर्थ समितिमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन उपर र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल सम्पन्न भएको छ ।

    images
    images
    images

    सोमबार समितिको बैठकमा उक्त विषयहरुको छलफल सम्पन्न भएको हो ।

    images

    छलफलमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले सुन,चाँदी, बहुमूल्य पत्थर र गरगहनामा कारोबार अनौपचारिक नियमन क्षेत्रभन्दा बाहिर गएकाले यसलाई करको दायरामा ल्याएपछि सम्पूर्ण व्यवसाय, कारोबारलाई पारदर्शी बनाउन सकिने बताए ।

    उनले भने, ‘नेपाल ग्रे लिस्टमा पर्नुको एउटा कारण उच्च जोखिमयुक्त नगद कारोबारको पर्याप्त निगरानी नभएकाले हो । सुन,चाँदी,बहुमूल्य पत्थर र गरगहनामा कारोबार नगदरहित हुने, अनौपचारिक नियमन क्षेत्रभन्दा बाहिर रहेकाले समस्या आउने गरेको छ । हामी ग्रे लिस्टमा पर्नुको अर्को कारण यो पनि हो । यसलाई करको दायरामा ल्याएपछि सम्पूर्ण व्यवसाय, कारोबारलाई पारदर्शी बनाउछ । कारोबार गर्दा कानूनी बिल अनिवार्य गराउन र निगरानी पनि प्रत्यक्ष रुपमा हुन्छ ।’

    यस्तै, उनले देश ग्रे लिस्टको जुन सूचीमा परेको छ त्यो सूचीबाट बाहिर निस्किनको लागि सरकारले कार्ययोजना बनाएको र यसमा काम गरिरहेको बताए ।

    images

    सोही बैठकमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले राज्यले काम गर्दा समग्रतामा के गर्दा ठिक हुन्छ भनेर गर्नुपर्ने बताएका छन् ।

    साथै समिति सभापति सन्तोष चालिसेले पनि उद्योगधन्दा विस्थापित भयो भने १५, २० हजार मजदुरहरु पनि विस्थापित हुने भन्दै यसले मुलुकको कर प्रणालीलाई सुधार नहुने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij