Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होटेल व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन

होटेल व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन

  • काठमाडौं । होटेल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशनबाट अध्यक्ष पदमा टीआर भण्डारी ९शंकर० निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न महाधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    AGNI GROUP

    उनले पर्यटन तथा होटेल क्षेत्रलाई अझ प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकता दिइने बताए ।

    महासंघले देशभरका होटेल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ ।

    पर्यटन क्षेत्रका सरोकारवालाले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट