Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण

  • एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गर्नु भएको छ । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

    राष्ट्रपति मागुफुलीले गएसाता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताउनु भएको थियो । सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचार विमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो भनाई आएको हो ।

    शपथ कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ ।

    संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij