Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

  • काठमाडौं । एपीएफ क्लव जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज (बुधवार) भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवलाई ३० रनले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको हो ।

    images
    images
    images

    एपीएफले दिएको २०४ रन विजयी लक्ष्य पछ्याएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७३ रन नै बनाउन सक्यो। पुलिसका लागि पवन सराफले ४०, दिपेन्द्र सिंह ऐरीले ३३, रशिद खानले ३४, अनिल शाहले २१, आरिफ सेखले १६ र सागर ढकालले ११ रनको योगदान दिए ।

    images

    एपीएफबाट बलर भुवन कार्कीले ४ विकेट लिए भने, कमल ऐरी, अविनाश बोहोरा र शरद भेस्वाकरले समान २-२ विकेट हात पारे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij