Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस र कम्युनिष्ट पार्टी मिल्नुपर्ने अवस्था आयो : माधव

कांग्रेस र कम्युनिष्ट पार्टी मिल्नुपर्ने अवस्था आयो : माधव

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले विगतमा वामपन्थी र दक्षिणपन्थी विचार बोकेकाहरु मिलेर नै आन्दोलनहरु सफल भएको बताएका छन् ।

    images
    images
    images

    शनिबार ३२ औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरुप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।

    images

    उनले भने,‘कमरेड पुष्पलालले भन्नुभएको थियो–जवसम्म यहाँ नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले हातेमालो गदैनन्, निरङकुस राजतन्त्रलाई पञ्चायती तानाशाहीलाई पराजित गर्न सकिदैन । यो विचारलाई कांग्रेसका नेता बीपी कोइरालाले अस्विकार गरेका थिए ।

    फलस्वरुप बीपी बाँचुन्जेलसम्म नेपाली कांग्रेसबाट एक्लै आन्दोलन सफल भएन । पछिल्लो ०६२/६३ वामपन्थी र दक्षिणपन्थी विचार बोकेर पनि देशको परिस्थितीमा निरङकुश राजतन्त्रको विरुद्धमा जुध्ने मानसिकताले दुईले हातेमालो गरे र राजतन्त्रको अन्त्य पनि भयो । यो वास्तविकतालाई सबैले महसुस गर्नुपर्छ । कितावको पाना पल्टाएर होइन देशको परिस्थिती अनुसार अगाडि बढ्नुपर्छ।’

    उनले जनताको विश्वास अनुरुप काम गर्नुपर्ने भन्दै सबै एकतावद्ध भएर काम गर्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij